महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री सिता बादीज्यूसँग नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकले भेटघाट गर्नुहुँदै।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री सिता बादीज्यूसँग नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकले भेटघाट गर्नुहुँदै।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री सिता बादीज्यूसँग नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकले भेटघाट गर्नुभएको छ।

भेटका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका समुदायको सुरक्षा, संरक्षण, न्यायमा पहुँच, लैङ्गिक हिंसा न्यूनीकरण तथा मन्त्रालय र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

मन्त्रीज्यूले संवेदनशील समूहहरूको अधिकार संरक्षण र पीडितमैत्री सेवा प्रवाहका लागि सम्बन्धित निकायहरूसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।