छुट सामाजिक सुरक्षा भत्ता रकम व्यवस्थापन गर्ने सम्बन्धमा

छुट सामाजिक सुरक्षा भत्ता रकम व्यवस्थापन गर्ने सम्बन्धमा

विषय:- छुट सामाजिक सुरक्षा भत्ता रकम व्यवस्थापन गर्ने सम्बन्धमा ।

श्री स्थानीय तह सबै ।

प्रस्तुत विषयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, 2082 को दफा (17) को (7) मा “बजेटको अभाव भई वा अन्य प्राविधिक कारणले सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी गर्न नसकिएको अवस्थामा स्थानीय तहले श्रावण महिनाभित्र देहायका विवरण राखी विभागमा लेखी पठाउनु पर्नेछ भन्ने व्यवस्था रहेको हुँदा सोही बमोजिम लाभग्राही विवरण यकिन गरी 2083 श्रावण महिना भित्र मन्त्रालयमा उपलब्ध गराउनुहुन निर्णयानुसार अनुरोध छ ।

देहाय:  

  • कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रमाणित भएको भुक्तानीको विवरण,
  • प्रणालीमा रहेको लाभग्राही संख्या, बजेट निकाशा र खर्चको विवरण,
  • थप बजेट माग र लाभग्राही संख्या सम्बन्धमा स्थानीय तहको कार्यापालिकाको बैठकको निर्णय ।

Note:  सम्पर्क email: socialsecurity@mowcgss.gov.np