प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

आज मिति २०८३ वैशाख २९ गते माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीसँग संयुक्त राष्ट्र संघका सहायक महासचिव तथा संयुक्त राष्ट्र संघीय महिला निकाय (UN Women) को Normative Support तर्फकी उपकार्यकारी निर्देशक Ms. Nyaradzayi Gumbonzvanda नेतृत्वको प्रतिनिधिमण्डल बीच मन्त्रालयमा भेटघाट तथा छलफल भयो।

उक्त भेटका अवसरमा नेपालमा लैङ्गिक समानता, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, महिलाको नेतृत्व तथा सहभागिता, सीमान्तकृत समुदायको अधिकार संरक्षण र UN Women सँगको सहकार्यका विषयमा छलफल भएको थियो।

सो अवसरमा माननीय मन्त्री बादीले मन्त्रालयका प्राथमिकताहरू  प्रस्तुत गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको अधिकार संरक्षण, सशक्तीकरण र अवसरमा समान पहुँच सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

संयुक्त राष्ट्र संघका सहायक महासचिव तथा संयुक्त राष्ट्र संघीय महिला निकाय (UN Women) को  Normative Support तर्फकी उपकार्यकारी निर्देशक Ms. Nyaradzayi Gumbonzvanda ले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिँदै लैङ्गिक समानता, महिला सशक्तीकरण र समावेशी विकासका क्षेत्रमा सहकार्य गर्न तत्पर रहेको बताउनुभयो।

उक्त भेटमा Ms. Christine Arab, Regional Director, UN Women Asia and the Pacific तथा  Ms. Patricia Fernández-Pacheco, Country Representative, UN Women Nepal को समेत सहभागिता रहेको थियो।

 

वैशाख २९, २०८३

नेपाल सम्वत् ११४६                                                  

 (चक्र बहादुर बुढा) 

                                                                     सहसचिव/प्रवक्ता