मिति २०८३ वैशाख २९ गते संयुक्त राष्ट्र संघकी सहायक महासचिव तथा UN Women की Normative Support तर्फकी उपकार्यकारी निर्देशक श्री Nyaradzayi Gumbonzvanda नेतृत्वको प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री सिता बादीज्यूसँग भेटघाट र छलफल गर्नुहुँदै।
मिति २०८३ वैशाख २९ गते संयुक्त राष्ट्र संघकी सहायक महासचिव तथा UN Women की Normative Support तर्फकी उपकार्यकारी निर्देशक श्री Nyaradzayi Gumbonzvanda नेतृत्वको प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा माननीय मन्त्री सिता बादीज्यूसँग भेटघाट र छलफल भएको थियो।
सो भेटको क्रममा लैङ्गिक समानता, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण, महिलाको नेतृत्व तथा सहभागिता, सीमान्तीकृत समुदायको अधिकार संरक्षण र UN Women सँगको सहकार्यका विषयमा छलफल भयो।
उक्त भेटमा UN Women Asia and the Pacific की Regional Director श्री Christine Arab र UN Women Nepal की Country Representative श्री Patricia Fernández-Pacheco को समेत सहभागिता रहेको थियो।