कार्यक्रम प्रस्ताव आह्वानसम्बन्धी सूचना।

कार्यक्रम प्रस्ताव आह्वानसम्बन्धी सूचना (कार्यक्रम प्रस्ताव ढाँचा -२०८३ सहित)

नेपाल सरकार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय

सिंहदरबार, काठमाडौं

कार्यक्रम प्रस्ताव आह्वानसम्बन्धी सूचना

प्रकाशित मिति: २०८३/०६/२०

 

यस मन्त्रालयको चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार सामाजिक विकास कार्यक्रम अन्तर्गत "कानुनमा तोकिएका १० प्रकारका अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण तथा आर्थिक विकास (सम्बन्धित संघसंस्थाको सहकार्यमा)" शीर्षकमा विनियोजित बजेटबाट विभिन्न किसिमका तालिम तथा सशक्तीकरण कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकोले कानून बमोजिम सञ्चालनमा रहेका, यस क्षेत्रमा कार्य अनुभव भएका अपाङ्गता भएका व्यक्तिहरूबाट सञ्चालित संस्थाहरूबाट प्रस्तावित कार्यक्रम ढाँचामा सहकार्य गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।   

उक्त विषयका सन्दर्भमा सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र यस मन्त्रालयमा भौतिक रुपमा उपस्थित भई वा ईमेल ठेगानाः mowcswdisability@gmail.com मा ईच्छुक संस्थाहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरिएको छ। सूचना प्रकाशन भएको मितिले अन्तिम दिन सार्वजनिक विदा परेमा सो दिन पछिको कार्यालय खुल्ने दिन अन्तिम दिन गणना गरिने छ। थप जानकारीका लागि सम्पर्क नं. 014200125 वा मो.नं. 9860097899 मा कार्यालय समयमा सम्पर्क गरी जानकारी लिनका लागि सूचित गरिन्छ।

 

कार्यक्रम प्रस्ताव ढाँचा -२०८३

 

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको अपाङ्गता अधिकार प्रवर्द्धन शाखा अन्तर्गत आर्थिक वर्ष २०८३/२०८४ का लागि “कानुनमा तोकिएका १० प्रकारका अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण तथा आर्थिक विकास (सम्बन्धित संघसंस्थाको सहकार्यमा) शीर्षकमा रु. ४९,५०,०००/- रकम विनियोजन भएकोले तपशिलको ढाँचामा परियोजना प्रस्ताव पेश गर्न अनुरोध गरिन्छ।

१.     संस्थाको परिचय (बढीमा २०० शब्दमा नबढाइ लेख्नुहोस) :

२.     संस्था सम्बन्धी बिवरण

क. संस्थाको पुरा नाम नेपालीमाः

ख. संस्थाको पुरा नाम अंग्रेजीमाः

ग. संस्थाको कुनै छोटकरीमा नाम भएमा:

घ. संस्था स्थापना भएको मितिः 

ङ. संस्था दर्ता नं. ……………संस्था दर्ता मिति:

च. संस्था दर्ता भएको जिल्लाको नामः

छ. संस्थाको ठेगाना:

च. सम्पर्क फोन नम्बरः

छ. ईमेल :                वेभसाइट :

ज. समाजकल्याण परिषदको आवद्धता नं:           आवद्धता भएको मिति:

झ. संस्था पछिल्लो पटक नविकरण भएको मिति:

ञ. संस्थाको मुख्य उद्देश्यहरु

१.

२.

३.

ट.     संस्थाले गत आ.व. मा गरेका मुख्य कृयाकलाप र लाभान्वित संख्या

क्रस

क्रियाकलापहरू

लाभान्वित संख्या

१.

 

 

२.

 

 

३.

 

 

ठ. संस्थाको भौतिक अवस्थाः

क्रस

भौतिक अवस्था

१

 

२

 

३

 

ड) संस्थामा कार्यरत कर्मचारीहरुको विवरण (महिला, पुरुष र अपाङ्गता समेत खुल्ने गरी)

ढ) संस्थाको कार्यसमितिको विवरण (अन्तर विविधता खुल्ने गरी)

 ३.    प्रस्तावित कार्यक्रम सम्बन्धी बिस्तृत जानकारी

             क. कार्यक्रमको नामः

             ख. कार्यक्रम सञ्चालन हुने स्थानः

ख. कार्यक्रमको प्रकृति (तालिम वा अन्य केही))  :

ग. कार्यक्रमको अवधिः

घ. कार्यक्रमको कुल बजेटः

ङ. आन्तरिक श्रोतको अंश :

च. कार्यक्रमको लक्षित वर्ग र लाभान्वित हुने संख्याः

छ. कार्यक्रमको उद्देश्य

१. दीर्घकालिन उद्देश्यः

२. अल्पकालिन उद्देश्य:

ज. कार्यक्रमको लागतसहितको कृयाकलापहरु

क्र.स

कृयाकलाप

प्रति इकाइ लागत

परिमाण/सङ्ख्या

जम्मा लागत

कैफियत

१

 

 

 

 

 

२

 

 

 

 

 

३

 

 

 

 

 

४

 

 

 

 

 

५

 

 

 

 

 

झ. कार्यक्रमले हासिल गर्न चाहेका उपलब्धीहरु

कृयाकलापहरू

लाभान्वित संख्या

अपेक्षित उपलब्धी

 

 

 

 

 

 

ञ. कार्यक्रम कार्यान्वयन कार्ययोजना :

च. अनुगमन मूल्याङ्कनको संयन्त्र

४.    कार्यक्रम प्रस्तावसहित पेश गर्नुपर्ने अन्य कागजातहरु

    • संस्था दर्ता एवं नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि,
    • संस्थाको विधान र संस्थाको संक्षिप्त प्रोफाइल
    • कार्यसमितिले अनुदान माग गरेको निर्णयको प्रतिलिपि
    • कार्यक्रम सञ्‍चालन गर्न प्रचलित कानून बमोजिम स्थानीय तहको स्वीकृति आवश्यक पर्ने भए स्वीकृति/अनुमति पत्र,
    • चालू आ.व. मा अन्य सरकारी निकायबाट सोही शीर्षकमा अनुदान स्वीकृत नभएको व्यहोरा सहितको सम्बन्धित स्थानीय तहको सिफारिस,
    • स्थायी लेखा नं., दर्ता र कर चुक्ताको प्रमाणपत्र,
    • समाज कल्याण परिषद्‍मा आबद्धता प्रमाणपत्र
    • गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,
    • संस्था रहेको स्थानीय तहले अनुदानको लागि सिफारिस गरेको पत्र ।