मिति २०८३ असार ५ गते महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सिंहदरबार, काठमाडौंमा अन्तर्राष्ट्रिय प्राइड महिना २०२६ को अवसरमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले सामना गरिरहेका प्रमुख सवाल तथा चुनौती, सामाजिक समावेशीकरण, कानुनी सुधारको आवश्यकता, अधिकारको संरक्षण तथा संस्थागत सहकार्यका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले आफ्ना अनुभव, धारणा तथा सुझाव प्रस्तुत गर्दै सम्मानपूर्ण, समान र समावेशी समाज निर्माणका लागि प्रभावकारी नीतिगत तथा कार्यक्रमगत पहल आवश्यक रहेकोमा जोड दिनुभएको थियो।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार, सम्मान, समानता र सामाजिक न्याय सुनिश्चित गर्न मन्त्रालय सम्बन्धित सरोकारवाला निकाय तथा समुदायसँग निरन्तर समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ।