महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा चतुर्थी - १९

माननीय मन्त्रीज्युले परिषद् अन्तर्गत रहेका सरकारी सम्पत्ति, संरचना र जग्गाको पहिलो स्थलगत अनुगमन गर्नुभयो ।

माननीय मन्त्रीज्युले  परिषद् अन्तर्गत रहेका सरकारी सम्पत्ति, संरचना र जग्गाको पहिलो स्थलगत अनुगमन गर्नुभयो ।

समाज कल्याण परिषद्को अध्यक्षको रुपमा माननीय मन्त्रीज्युले  परिषद् अन्तर्गत रहेका सरकारी सम्पत्ति, संरचना र जग्गाको पहिलो स्थलगत अनुगमन गर्नुभयो ।

अनुगमनका क्रममा काठमाडौंस्थित भृकुटीमण्डप, काठमाडौं फन पार्कबालबालिका खोज तलास समन्वय केन्द्र - १०४ र राष्ट्रिय अपाङ्ग कोष क्षेत्रको अवलोकन तथा अनुगमन गर्दा समाज कल्याण परिषद् अन्तर्गतको सरकारी जग्गा तथा संरचनाको उपयोग, लिज प्रक्रिया र व्यवस्थापनबारेदेखिएका समस्याहरु , विशेषगरी, सरकारी जग्गा प्रयोग गरेबापत तिर्नुपर्ने लिज रकम लामो समयदेखि बक्यौता बाकि रहेका समस्याहरु  समाधान गर्न बक्यौता रकम तिर्न बाकि सम्पूर्ण संघसंस्था तथा व्यवसायीहरूको सूची तयार पारि म्याद ताकेता गरेर  भुक्तानीका लागि चिठी तत्काल काट्न र छलफलका लागि बोलाउन र  साथै , सम्झौता उल्लङ्घन गर्दै बढी क्षेत्रफल ओगट्ने तथा अतिक्रमण गर्ने सम्पूर्ण पक्षलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनुभएको छ   ।

यसका साथै कतिपय लिज सम्झौता नवीकरण नभएको र लिज दर समयसापेक्ष तथा न्यायोचित नभएको देखिएकाले त्यसबारे पनि अध्ययन गरी यथार्थपरक र न्यायोचित लिज दर निर्धारण गरेर समाज कल्याण परिषद्को आम्दानी वृद्धि गराउने  तर्फ बढ्न निर्देशन दिनुभएको छ ।

 

विगतजस्तो फाइलमै सीमित नभई व्यवहारिक समाधानमा केन्द्रित भएर काम  गर्दै  सरकारको सम्पत्तिको संरक्षण, सदुपयोग र पारदर्शी व्यवस्थापन गर्न माननीय मन्त्रीज्युले  प्रतिबद्धता  व्यक्त गर्नुभएको छ  ।